४७ जनाको परीक्षण गर्दा चार जनालाई कोरोना
नेपालगञ्ज – बाँकेमा चार जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, यहाँका तीन वटा ल्याबमा ४७ जनाको परीक्षण गर्दा चार जनालाई कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा ११ जनामा दुई जना र कोहलपुर मेडिकल कलेजमा २७ जनाको परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा नौ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन ।
बाँकेमा सक्रिय संक्रमित सात जना रहेका छन् । अस्पतालमा तीन जनाको उपचार भइरहेको छ ।