नरैनापुरमा इलाका प्रशासन राख्न पाँच हजार हस्ताक्षर बुझाइयो

नेपालगञ्ज – बाँकेको नरैनापुरमा इलाका प्रशासन कार्यालय राख्न माग गर्दै ५ हजार मानिसको हस्ताक्षर बुझाइएको छ ।
स्थानीय बासिन्दाले नरैनापुरमा इलाका प्रशासन कार्यालय माग गर्दै प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीमार्फत प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाएका हुन् । हस्ताक्षर बुझाउने क्रममा एमालेका नेताहरुको उपस्थिति रहेको थियो ।
नरैनापुरमा इलाका प्रशासन कार्यालय स्थापना भएको थियो । केही प्राविधिक कारणले हटाइएको नरैनापुरको इलाका प्रशासन कार्यालय लामो समयदेखि पुनः सुचारु हुन सकेको छैन । स्थानीय बासिन्दाले इलाका प्रशासन कार्यालय राख्न दबाब दिदै आएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !