५९ जनाको परीक्षण गर्दा चार जनालाई कोरोना
नेपालगञ्ज – बाँकेमा चार जनामा कोरोना देखिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, यहाँका तीन वटा ल्याबमा ५९ जनाको परीक्षण गर्दा चार जनामा कोरोना देखिएको हो ।
भेरी अस्पतालमा १७ जनामा एकजना र कोहलपुर मेडिकल कलेजमा ३३ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा नौ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएको छैन ।
बाँकेमा सक्रिय संक्रमित ६ जना रहेका छन् । यहाँका अस्पतालमा दुई जनाको उपचार भइरहेको छ ।