कोरोनाबाट ६० वर्षीया महिलाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, कालिकोटका ६० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।
माघ ९ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर गरिएका उनलाई भोलीपल्ट भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको आज विहान ३.५५ बजे मृत्यु भएको छ ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ४ सय ४० जना पुगेको छ । पछिल्लो केही दिनयता बाँकेमा दैनिक एक जना बढीको कोरोनाबाट मृत्यु भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !