कोरोनाबाट ७० वर्षीया महिलाको मृत्यु
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कोरोनाबाट एक महिलाको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बाँके कोहलपुर नगरपालिका वडा नं. २ का ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । माघ ८ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर गरिएका उनलाई ९ गते भेरी अस्पताल, नेपालगञ्जमा भर्ना गरिएको थियो । उनको आज विहान ७.५० बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४६ पुगेको छ ।