जिल्ला प्रशासन बन्द
नेपालगञ्ज – जिल्ला प्रशासन कार्यालय, बाँकेले मंगलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरेको छ ।
कार्यालयका केही कर्मचारीलाई कोरोना पुष्टि भएको र केही कर्मचारीमा मिल्दोजुल्दो लक्षण देखा परेकाले आइसोलेसनमा बसेका कारण अर्को सूचना जारी नभएसम्मका लागि शान्ति सुरक्षा र मुद्दाबाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।