८३ जनालाई कोरोना

नेपालगञ्ज – बाँकेका दुई वटा ल्याबमा गरिएको परीक्षणमा ८३ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला कोभिड व्यवस्थपान केन्द्र, बाँकेका अनुसार, भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा एक सय २५ जनाको परीक्षण गर्दा ८३ जनालाई कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा ७७ जनामा ५२ र कोहलपुर मेडिकल कलेजमा ४८ जनाको परीक्षण गर्दा ३१ जनलाई कोरोना देखिएको छ । बाँकेमा सक्रिय संक्रमित ६ सय १५ पुगेका छन् । अस्पतालमा दुई जना सिकिस्त, ३७ जना मध्यम र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । शनिबार बाँकेमा २४ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !