खजुरामा चार विधेयक पारित
खजुरा – खजुरा गाउँपालिकाको १० औं गाउँसभाले विभिन्न नीति तथा विधेयक पारित गरेको छ । सभाको प्रारम्भमा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले आर्थिक वर्ष २०७८÷०८९ को वार्षिक नीति तथा कार्यक्रम बमोजिम हालसम्म गाउँपालिकाबाट भएका कार्य सम्पादनको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।
उपाध्यक्ष एकमाया विकले १० औं गाउँसभामा सभा सदस्यहरुलाई स्वागत गर्नुका साथै प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे । सभामा विधायन समितिकी संयोजक योगमाया खनालले प्रस्तुत गरेको स्वास्थ्य तथा सरसफाइ विधेयक २०७८, कृषि तथा पशुपंछी विधेयक २०७८, सुशासन (व्यवस्थापन तथा सञ्चालन) विधेयक २०७८, समुदायका सबै बालबालिकाहरुका लागि समावेशी विद्यालय शिक्षा नीति २०७८ छलफलसहित पारित भएको छ । सभामा वडा तथा पालिकास्तरका केही योजना संशोधन गरिएको छ ।