तीन जना थपिए, तीन जना नै डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा शुक्रबार तीन जनामा कोरोना देखिएको छ । तीन जनामध्ये दुई जना बाँके जिल्ला निवासी रहेका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, ४९ जनाको जाँच गर्दा तीन जनामा कोरोना देखिएको हो ।
भेरी अस्पतालमा १३ जनाको जाँच गर्दा एक जना, कोहलपुर मेडिकल कलेजमा २५ जनाको जाँच गर्दा एक जना र बागेश्वरी ल्याबमा ११ जनाको जाँच गर्दा एक जनामा कोरोना देखिएको छ । बाँकेमा शुक्रबार तीन जना नै डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !