तीन जना थपिदा तीन जना नै डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा शुक्रबार तीन जनालाई कोरोना देखिएको छ । कोरोना देखिएका तिनै जना बाँके जिल्ला निवासी हुन् ।
भेरी अस्पतालमा १३ जनाको परीक्षण गर्दा तीन जनालाई कोरोना देखिएको हो । कोहलपुर मेडिकल कलेजमा २९ र बागेश्वरी ल्याबमा १३ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन । शुक्रबार बाँकेमा तीन जना नै डिस्चार्ज भएका छन् ।
जिल्लामा सक्रिय संक्रमितको संख्या १७ जना पुगेको छ । सबै जना होम आइसोलेसनमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !