दुई जनालाई देखियो कोरोना
नेपालगञ्ज – बाँकेमा दुई जनामा कोरोना देखिएको छ । दुई जनामा एक जना बाँके र एक जना बर्दिया जिल्लाका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, ६५ जनाको जाँच गर्दा दुई जनामा कोरोना देखिएको हो ।
भेरी अस्पतालमा २५ जनाको परीक्षण गर्दा एकजना र कोहलपुर मेडिकल कलेजमा ३१ जनाको परीक्षण गर्दा एक जनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा ९ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन ।
बाँकेमा सक्रिय संक्रमित १४ जना पुगेका छन् । अस्पतालमा दुई जना सिकिस्त र ३ जना मध्यम विरामी रहेका छन् ।