तीन ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ
नेपालगञ्ज – बाँके प्रहरीले दाङका दुई जनालाई ब्राउनसुगरसहित नेपालगञ्ज नाकाबाट नियन्त्रणमा लिएको छ ।
सीमावर्ती भारतीय बजार रुपैडिहाबाट तीन ग्राम दुई सय पचास मिलिग्राम ब्राउनसुगर बोकेर नेपालगञ्ज भित्रिएका दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १ का २२ वर्षीय प्रकाश विक र २६ वर्षका समीर विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जमुनाहा नाकामा रहेको प्रहरी र लागु औषधी ब्यूरोको टोलीले विकद्वयलाई जाँच गर्दा उनीहरुले लगाएको जुत्ताभित्र ब्राउनसुगर फेला परेको थियो ।
प्रहरीले विकद्वयका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ । पछिल्लो दिनमा विभिन्न जिल्लाबाट नेपालगञ्ज हुँदै रुपैडिहामा ब्राउनसुगर लिन जाने गरेको पाइएको छ ।