कैलालीका संक्रमितको नेपालगञ्जमा मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कैलालीका कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, कैलाली लम्की चुहा नगरपालिका वडा नं. ४ का ५७ वर्षीय पुरुषको मंगलबार अपरान्ह मृत्यु भएको छ ।
कात्तिक एक गते कोहलपुर मेडिकल कलेजमा पीसीआर जाँच गरिएका उनलाई त्यही दिन भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको आज अपरान्ह पाँच बजे मृत्यु भएको छ ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ४ सय २५ जना पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !