१५ जना संक्रमित थपिए

नेपालगञ्ज – बाँकेमा बुधबार १५ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाका तीन वटा ल्याबमा ८१ जनाको परीक्षण गर्दा १५ जनाका कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा ३९ जनाको परीक्षण गर्दा ९ जना र कोहलपुर मेडिकल कलेजमा ३६ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना देखिएको हो । बागेश्वरी ल्याबमा ६ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना पुष्टि भएन ।
कोरोना पुष्टि भएका १५ जनामध्ये ९ जना बाँके जिल्ला निवासी छन् । बुधबार बाँकेमा ६ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !