एक सय ५३ जनामा १३ जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा बिहीबार १३ जना कोरोना संक्रमित थपिएका छन् ।
यहाँका तीन वटा ल्याबमा एक सय ५३ जनामा गरिएको परीक्षणमा १३ जनामा कोरोना पुष्टि भएको हो । १३ जनामध्येमा बाँके जिल्लाका ८ जना रहेका छन् ।
भेरी अस्पतालमा एक सय १६ जनाको परीक्षण गर्दा ७ जना, कोहलपुर मेडिकल कलेजमा
१९ जनामा ५ जना र बागेश्वरी ल्याबमा १८ जनाको परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि भएको छ ।
जिल्लामा सक्रिय संक्रमित ८८ जना रहेका छन् । बिहीबार ६ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !