कोरोनाबाट बाँकेका ५७ वर्षीय पुरुषको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, बाँके बैजनाथ गाउँपालिका वडा नं. ४ का ५७ वर्षीय पुरुषको मृत्यु भएको हो । भदौ ५ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर गरिएका उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको थियो । उनको विहान चार बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट ३ सय ३३ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !