संविधान दिवसमा बागेश्वरी मन्दिरको सरसफाई

नेपालगञ्ज – संविधान दिवसको अवसरमा बागेश्वरी मन्दिरमा सरसफाई गरिएको छ ।
संविधान दिवसमा विविध गतिविधिहरु गर्ने क्रममा नेपाली सेना, प्रहरीले बागेश्वरी मन्दिरमा सरसफाई गरेका हुन् ।
मन्दिर परिसर र पूर्वमा रहेको पार्कको सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, भैरवप्रसाद गणका गणपति जनमत कार्कीलगायतको उपस्थिति रहेको थियो ।
गृहमन्त्रालयले असोज २, ३ र ४ गते विविध कार्यक्रम गरेर संविधान दिवस मनाउन जिल्लाहरुमा सर्कुलर गरेको छ । त्यसमा सांस्कृतिक, ऐतिहासिक सम्पदाहरुको सरसफाई पनि राखिएको छ । धार्मिकस्थलहरुमा ज्ञात अज्ञात शहीदहरुको उच्च सम्मान तथा श्रद्धा प्कट गर्दै पूजापाठ गर्न भनिएको छ । संविधान दिवसका अवसरमा सरकारी कार्यालय, सार्वजनिक निकायका कार्यालय, सार्वजनिक महत्वका सम्भब्यस्थल तथा घरघरमा दिपावली गर्न भनिएको छ ।
बाँकेमा आ–आफ्नै तरिकाले संविधान दिवस मनाइएको छ । संविधान दिवस औपचारिकतामा सीमित भएको छ । संविधानको विरोध गर्नेहरुले पनि आफ्नै तरिकाले कार्यक्रम गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !