दुई संक्रमितको मृत्यु
नेपालगञ्ज – बाँकेमा मंगलबार राती पनि दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक बाँके र दाङ जिल्लाका रहेका छन् ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, भेरी अस्पतालमा उपचार गराइरहेका दाङ र बाँकेका संक्रमितको आधा घण्टाको फरकमा मृत्यु भएको छ ।
दाङ राप्ती गाउँपालिका वडा नं. ३ का ८४ वर्षीय पुरुषलाई भदौ ६ गते पीसीआर गरेर त्यही दिन भेरीमा भर्ना गरिएको थियो । उनको राती नौ बजे मृत्यु भएको छ ।
बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ३ का ४३ वर्षीय पुरुषको राती साढे नौ बजे मृत्यु भएको छ । साउन ४ गते पीसीआर गरेर त्यही दिन भेरीमा भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन सय २८ पुगेको छ । बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा तीन सय ९७ जनाको मृत्यु भएको छ ।