डुडुवामा किशोर बेपत्ता
नेपालगञ्ज – बाँकेको डुडुवा खोलामा १७ वर्षीय किशोर बेपत्ता भएका छन् ।
राँझा पछाडीको डुडुवामा पौडी खेल्ने क्रममा डुडुवा–५ का १७ वर्षीय किशोर मिठ्ठु नेपाली बेपत्ता भएका हुन् ।
साथीहरुसँग पौडी खेल्न पुगेका नेपाली आइतबार दिउँसो १२ बजेदेखि बेपत्ता भएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । पौडी खेल्दा बेपत्ता भएका किशोरलाई प्रहरीले दिनभरी खोजी गरेको थियो । तर, रातीसम्म फेला पार्न सकेको थिएन ।