३६ जनामा देखियो कोरोना
नेपालगञ्ज – बाँकेमा ३६ जनामा कोरोना देखिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, २ सय ९ जनाको परीक्षण गर्दा ३६ जनालाई कोरोना देखिएको हो ।
भेरी अस्पतालमा ८७ जनाको परीक्षण गर्दा १६ जना, कोहलपुर मेडिकल कलेजमा ६९ जनामा १४ जना र बागेश्वरी ल्याबमा ५३ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना देखिएको छ । कोरोना देखिएकामध्ये बाँके निवासी १७ जना छन् ।
जिल्लामा एक सय ४६ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा १६ जना सिकिस्त, १८ जना मध्यम र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।