एक सय ७३ मा ४४ जनालाई कोरोना
नेपालगञ्ज – बाँकेमा मंगलबार ४४ जनालाई कोरोना देखिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, दुई वटा ल्याबमा १ सय ७३ जनाको परीक्षण गर्दा ४४ जनामा कोरोना देखिएको हो । कोरोना देखिएका ४४ जनामध्ये बाँके जिल्ला निवासी ७ जना रहेका छन् ।
भेरी अस्पतालमा एक सय ३१ जनाको परीक्षण गर्दा ३७ जना र कोहलपुर मेडिकलमा ४२ जनाको परीक्षण गर्दा ७ जनामा कोरोना देखिएको हो ।
बाँकेमा सक्रिय संक्रमित एक सय ४३ जना पुगेका छन् । अस्पतालमा १६ जना सिकिस्त, १८ जना मध्यम र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मंगलबार आठ जना डिस्चार्ज भएका छन् ।