एक सय ४८ जनामा दशलाई कोरोना
नेपालगञ्ज – बाँकेमा दश जनामा कोरोना पुष्टि भएको छ ।
जिल्लाका तीन वटा ल्याबमा एक सय ४८ जनाको जाँच गर्दा १० जनामा कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा ४९ जनामा ७ जना, कोहलपुर मेडिकल कलेजमा ६४ जनामा २ जना र बागेश्वरी ल्याबमा ३५ जनामा एक जनामा कोरोना पुष्टि भएको हो । कोरोना देखिएकामध्ये बाँके जिल्ला निवासी चार जना रहेका छन् ।
जिल्लामा सक्रिय संक्रमित ३० जना रहेका छन् । अस्पतालमा ९ जना सिकिस्त, १३ जना मध्यम र चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । आइतबार नौ जना डिस्चार्ज भएका छन् ।