कोहलपुर र युनाइटेडको कोरोना वार्ड बन्द

नेपालगञ्ज – कोहलपुर मेडिकल कलेज र युनाइटेड अस्पतालले कोरोना वार्ड बन्द गरेका छन् । कोहलपुरले एक सय ३० र युनाइटेड अस्पतालले १५ बेड छुट्याएका थिए । विरामी संख्या घट्दै गएकाले कोहलपुर मेडिकल कलेज र युनाइटेड अस्पतालले कोरोना वार्ड बन्द गरेको जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबीच, बाँकेमा सोमबार १२ जनामा कोरोना पुष्टि भएको छ ।
यहाँका तीन वटा ल्याबमा एक सय ४९ जनाको परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि भएकामध्ये बाँके निवासी ६ जना रहेका छन् । अरु बाहिरी जिल्लाका छन् ।
भेरी अस्पतालमा ९२ जनाको जाँच गर्दा नौ जना, कोहलपुर मेडिकल कलेजमा २० जनाको परीक्षण गर्दा एक जना र बागेश्वरी ल्याबमा ३७ जनाको परीक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको हो ।
बाँकेमा ५५ जना सक्रिय संक्रमित रहेका छन् । यहाँका अस्पतालमा १५ जना सिकिस्त, १७ जना मध्यम र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । सोमबार नौ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !