७० थान पंखा बरामद

नेपालगञ्ज – प्रहरीले भारतबाट भन्सार छलेर ल्याएको पंखा बरामद गरेको छ ।
पेट्रोलबाट चल्ने अटो रिक्सामा राखेर सानो र ठूलो गरी ७० थान पंखा ल्याइएको थियो । प्रहरीले ट्राफिक चोक जाँच गर्दा उक्त पंखा बरामद भएको हो । प्रहरीका अनुसार पंखा अन्दाजी ८० हजार बराबरको रहेको छ । बझाङका जसमन धामीले चलाएको अटोरिक्साबाट पंखा बरामद भएको बाँके प्रहरीले बताएको छ । बरामद सामानलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !