दश जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा १० जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाका तीन वटा ल्याबमा ६८ जनाको परीक्षण गर्दा १० जनालाई कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा दुई जना बाँकेका रहेका छन् ।
भेरी अस्पतालमा २७ जनाको परीक्षण गर्दा ५ जना, कोहलपुर मेडिकल कलेजमा १९ जनामा एक जना र बागेश्वरी ल्याबमा २२ जनाको परीक्षण गर्दा चार जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्लामा ५४ जना सक्रिय संक्रमित छन् । अस्पतालहरुमा ११ जना सिकिस्त, २९ जना मध्यम र ६ जना भेन्टिलेटरमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !