प्यूठान, दाङ, दैलेखका संक्रमितको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जको भेरी अस्पतालमा गएराती तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक तिनै जना बाहिरी जिल्लाबाट नेपालगञ्जमा उपचार गर्न आएका थिए ।
प्यूठान झिमरुक गाउँपालिका वडा नं. ३ का ३८ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । असार १२ गते पीसीआर गरिएका उनलाई १३ गते भर्ना गरिएको थियो । उनको राती एक बजे मृत्यु भएको छ ।
दाङ घोराही उपमहानगरपालिका वडा नं. ११ का ६८ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । असार २ गते पीसीआर गरिएका उनलाई ४ गते भर्ना गरिएको थियो । उनको राती २.३५ बजे मृत्यु भएको छ ।
दैलेख आठविस नगरपालिका वडा नं. ४ का ७३ वर्षीय पुरुषको मृत्यु भएको छ । असार ९ गते पीसीआर गरिएका उनलाई १० गते भर्ना गरिएको थियो । उनको राती ३.१५ बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा उपचार गराउन आउदा बाहिरी जिल्लाका ३ सय ६१ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !