कोभिडविरुद्ध जानकी : घरघरमै परामर्श

नेपालगञ्ज – बाँके कोरोनाको पहिलो र दोस्रो लहरमै ‘हटस्पट’ बन्यो । पहिलो लहरमा चार हजार नौ सय ५८ जना संक्रमित हुँदा ५८ जनाको मृत्यु भयो । दोस्रो लहरमा अहिलेसम्म १२ हजार तीन सय ८६ जना संक्रमित भएका छन् । २ सय ४९ जनाको मृत्यु भइसकेको छ । पहिलो र दोस्रो लहरमा गरेर ३ सय ७ जनाको मृत्यु भएको छ ।
यो महामारीमा जानकी गाउँपालिकाले अलि कम क्षति व्यहोरेको तथ्यांकले देखाएको छ । जानकीमा पहिलो लहरमा दुई जना र दोस्रो लहरमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ ।
अन्य पालिकामा भन्दा जानकीले के फरक गरेको थियो र क्षति कम गर्न सफल भयो ? गाउँपालिकाका कोभिड फोकलपर्सन तामलाल बेल्बासे भन्नुहुन्छ, ‘पालिकाले पूर्व तयारी गरेर स्वास्थ्यकर्मी परिचालन गरेको थियो । स्वास्थ्यकर्मीले पनि संक्रमितको घरघरमै पुगेर स्वास्थ्य सामाग्री दिनुको साथै परामर्श दिए ।’
गाउँपालिकामा ६ वटा स्वास्थ्य संस्था छन् । त्यहाँ एक÷एक जना फोकलपर्सन खटाइएको छ । फोकलपर्सनहरु संक्रमितको घरघरमा पुगेर स्वास्थ्य सुरक्षा सामाग्री दिनुका साथै परामर्श दिएका छन् । ‘सबै संक्रमितको घरमा स्वास्थ्य संस्थाबाट खटाइएका फोकलपर्सन पुगेका छन्, पालिकाका फोकलपर्सन बेल्बासेले भन्नुभयो, त्यसबाहेक हरेक दिन स्वास्थ्यकर्मी सम्पर्कमा रहेका छन् ।’
पालिकाले अर्को राम्रो काम कन्ट्याक्ट टे«सिङ गरेको छ । ४ सय ७९ जनाको कन्ट्याक्ट टे«सिङ गरिएको छ । त्यसमा ४५ जना संक्रमित फेला परे । संक्रमितको घरपरिवार वा सम्पर्कमा आएको व्यक्तिलाई कन्ट्याक्ट टे«सिङ गरिएको थियो । पहिलो लहरमा सबै ठाउँमा सावधानीपूर्वक कन्ट्याक्ट टे«सिङ गरिएपनि दोस्रो लहरमा केही पालिकाले मात्रै त्यो गरेका छन् ।
जानकीमा ३ सय १५ जना संक्रमित भए । त्यसमध्येमा नौ जना खुल्ला कारागारमा बनाइएको आइसोलेसन सेन्टरमा भर्ना भए । गनापुरमा खुल्ला कारागारमा ३० बेड सञ्चालन गरिएकोमा १४ बेडमा अक्सिजन सुविधा थियो । बैशाख १२ गतेदेखि खुल्ला कारागारमा संक्रमितलाई राख्न शुरु गरिएको थियो । जेठ ३० गतेसम्म आइपुग्दा त्यहाँ कोही पनि छैनन् । जिल्लामै कोरोना संक्रमण दर घटिरहदा जानकीमा विरामी जिरोको नजिक पुगेका छन् । अहिले पालिकामा नौ जना सक्रिय संक्रमित रहेका छन् ।
पालिकाको वडा नं. ३ अलि बढी प्रभावित देखिएको छ । यो वडामा तीन जनाको मृत्यु भएको छ । वडा नं. ४ मा दुई जनाको मृत्यु भएको छ । वडा नं. २, ५ र ६ मा एक÷एक जनाको मृत्यु भएको छ । वडा नं. १ मा कसैको पनि मृत्यु भएको छैन ।
पहिलो लहरमा वडावडामै क्वारेन्टाइन बनाइएको थियो । दोस्रो लहरमा कसैले पनि क्वारेन्टाइन बनाएनन् । सबै पालिकाले आइसोलेसन बनाउदा जानकीले धेरै नै संक्रमित राख्न सकिने आइसोलेसन सेन्टर बनायो । समयमै सावधानी अपनाएकाले क्षति कम व्यहो¥यो ।
जानकी सदरमुकाम नेपालगञ्जसँग जोडिएको छ । विरामी भइहालेमा तत्काल नेपालगञ्ज ल्याउन धेरै समय खर्चिनु पर्दैन । कोरोनाको हकमा भने नेपालगञ्ज आफै चपेटामा परेकाले सबै पालिकालाई आ–आफ्नो ठाउँमा अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाउन लगाइएको थियो । त्यसो त नेपालगञ्ज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिफरल सेन्टर पनि हो ।
कोरोना अझै पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन । थोरै भएपनि संक्रमित देखा परिरहेका छन् । यस्तो बेलामा अझै पालिकाहरुले सावधानी अपनाउन जरुरी रहेको छ । होम आइसोलेसनमा रहेकालाई निरन्तर परामर्श गर्ने र पालिकामा एउटा आइसोलेसन सेन्टर सधैं तयारी अवस्थामा राख्न सकेमा ठूलो क्षति व्यहोर्नु नपर्ने हुन सक्छ । कोरोनाको लहर चलिरहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न भने जरुरी रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !