बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन सय नाघ्यो

नेपालगञ्ज – बाँकेमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, बाँके र बर्दियाका दुई÷दुई जनाको राती मृत्यु भएको छ ।
बर्दिया बाँसगढी नगरपालिका वडा नं. ९ का ३९ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ १० गते पीसीआर गरेका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको राती १२.४५ बजे मृत्यु भएको छ ।
बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. २ का ५५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ २ गते भर्ना गरिएका उनको १८ गते पीसीआर गरिएको थियो । उनको आज विहान साढे ५ बजे मृत्यु भएको छ ।
बाँके बैजनाथ गाउँपालिका वडा नं. ३ का ३३ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ ७ गते भर्ना गरिएका उनको ९ गते पीसीआर गरिएको थियो । उनको राती ११.२५ बजे मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का ४५ वर्षीया महिलाको युनाइटेड अस्पतालमा मृत्यु भएको छ । बैशाख २६ गते पीसीआर गरिएका उनलाई जेठ ७ गते भर्ना गरिएको थियो । उनको विहान ६.५ बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन सय नाघेको छ । अहिलेसम्म तीन सय २ जनाको कोरोनाबाट मृत्यु भएको छ । बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा ३ सय १३ जनाको मृत्यु भइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !