पाँच जना संक्रमितको मृत्यु

नेपालगञ्ज – बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार विहान ५ देखि ६ बजेको बीचमा तीन जनाको मृत्यु भएको छ ।
बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ७ का ५० वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ १६ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको राती सवा दश बजे मृत्यु भयो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का ८७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ ६ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको सोमबार विहान ५ बजे मृत्यु भएको छ । लमजुङ मध्य नेपाल नगरपालिका वडा नं. ४ का ३१ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ १२ गते पीसीआर गरिएका उनलाई १४ गते भर्ना गरिएको थियो । उनको विहान ५.५० बजे मृत्यु भएको छ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का ८३ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ ११ गते पीसीआर गरिएका उनलाई १२ गते भर्ना गरिएको थियो । उनको विहान ५.१५ बजे मृत्यु भएको छ । कैलाली घोडाघोडी नगरपालिका वडा नं. १ का ४० वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । जेठ २ गते पीसीआर गरिएका उनलाई ६ गते भर्ना गरिएको थियो । उनको विहान ७ बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा २ सय ९१ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा २ सय ८६ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !