बाँकेमा उपचार गराउन आएका तीन जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा उपचार गराउन आएका दाङ, कैलाली र सल्यानका कोरोना संक्रमितको मृत्यु भएको छ ।
कैलाली टीकापुर नगरपालिका वडा नं. ७ का ३५ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । बैशाख १६ गते भर्ना भएका उनको १७ गते पीसीआर गरिएको थियो ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १ का ४५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । जेठ ४ गते पीसीआर गरिएका उनलाई ६ गते भर्ना गरिएको थियो ।
सल्यान शारदा नगरपालिका वडा नं. १ का ५० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ ४ गते भर्ना गरिएका उनको त्यही दिन पीसीआर गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाको उपचार गराउन आउदा मृत्यु हुनेको संख्या २ सय ४० पुगेको छ । बाँके जिल्लाका २ सय ७३ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !