डेढ घण्टाको बीचमा ५ जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै पछिल्लो २४ घण्टामा बाँकेमा १९ जनाको मृत्यु भएको छ । १९ मध्ये १५ जना मृतक बाहिरी जिल्लाका रहेका छन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, शनिबार अपरान्ह डेढ घण्टाको बीचमा पाँच जनाको मृत्यु भएको हो । चार बजेदेखि साढे ५ बजेको बीचमा तीन जना कैलाली, बर्दिया र दाङका एक÷एक जनाको मृत्यु भएको छ ।
दाङ बबई गाउँपालिका वडा नं. २ का ९२ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख ३१ गते पीसीआर गरिएका उनलाई जेठ ७ गते भेरीमा भर्ना गरिएको थियो ।
बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ७ का ३८ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख ३१ गते पीसीआर गरिएका उनलाई जेठ ३ गते भर्ना गरिएको थियो । कैलाली टीकापुर नगरपालिका वडा नं. १ का ६० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख १० गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । कैलाली लम्की चुहा नगरपालिका वडा नं. ६ का ३३ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख २८ गते पीसीआर गरिएका उनलाई जेठ २ गते भर्ना गरिएको थियो । कैलाली जानकी गाउँपालिका वडा नं. ९ का ७५ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ ३ गते पीसीआर गरिएका उनलाई ५ गते भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट २ सय ७३ र बाहिरी जिल्लाबाट उपचार गराउन आउदा २ सय ३७ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !