राती साढे पाँच घण्टामा ६ जनाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा राती साढे पाँच घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा राती साढे १२ बजेदेखि विहान ६ बजेसम्ममा ६ जनाको मृत्यु भएको हो ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १० का ३८ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख ३१ गते पीसीआर गरेका उनलाई जेठ १ गते भर्ना गरिएको थियो । उनको राती १२.३० बजे मृत्यु भएको छ ।
बर्दिया मधुवन नगरपालिका वडा न. ९ का ७० वर्षीया महिलाको राती २.३० बजे मृत्यु भएको छ । बैशाख ३१ गते पीसीआर गरिएका उनलाई जेठ १ गते भर्ना गरिएको थियो । सुर्खेत पञ्चपुरी नगरपालिका वडा नं. ६ का ५९ वर्षीय पुरुषको विहान ४.३० बजे मृत्यु भएको छ । बर्दिया बाँसगढी नगरपालिका वडा नं. ६ का ८० वर्षीय पुरुषको विहान ५.३० बजे मृत्यु भएको छ । जेठ १ गते भर्ना भएका उनको २ गते पीसीआर गरिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ का ४० वर्षीया महिलाको विहान ५.३० बजे मृत्यु भएको छ । बैशाख २७ गते पीसीआर गरिएका उनलाई २८ गते भर्ना गरिएको थियो । कोहलपुर नगरपालिका वडा नं. ९ का ४५ वर्षीया महिलाको विहान ६ बजे मृत्यु भएको छ । बैशाख २५ गते पीसीआर गरिएका उनलाई ३१ गते भर्ना गरिएको थियो ।
बाँकेमा दुई ठूला अस्पतालमा पछिल्लो दिनमा बाहिरी जिल्लाका संक्रमितको धेरै मृत्यु भइरहेको छ । योसँगै कोरोनाबाट बाँकेमा २ सय ३९ र बाहिरी जिल्लाबाट उपचार गराउन आएका एक सय ९० जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !