बाँकेमा आठ जना संक्रमितको मृत्यु

नेपालगञ्ज – बाँकेमा रातभरीमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्लाका दुई ठूला अस्पताल भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको बर्दियाका कोभिड फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
बर्दिया गुलरिया नगरपालिका वडा नं. ९ का ४७ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । बैशाख १५ गते पीसीआर गरिएका उनलाई २५ गते भर्ना गरिएको थियो । सल्यान वनगाडका ५० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २५ गते भर्ना गरिएका उनको २६ गते पीसीआर गरिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ का ४४ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २४ गते भर्ना भएका उनको २७ गते पीसीआर गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ का ४९ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख १८ गते पीसीआर गरिएका उनलाई २३ गते भर्ना गरिएको थियो ।
बर्दिया मधुवन नगरपालिका वडा नं. ६ का ५५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख १३ गते भर्ना भएका उनलाई २७ गते पीसीआर गरिएको थियो ।
कैलाली घोडाघोडीका ६० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख २२ गते पीसीआर गरेका उनलाई २९ गते भर्ना गरिएको थियो । कोहलपुर नगरपालिका वडा नं. २ का ३० वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख २२ गते पीसीआर गरिएका उनलाई २३ गते भर्ना गरिएको थियो । कोहलपुर नगरपालिका वडा नं. १० का ४५ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख १८ गते भर्ना गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय दुई जना पुगेको छ । बाहिरी जिल्लाबाट उपचार गराउन आउदा मृत्यु हुनेको संख्या एक सय ५६ जना पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !