होम आइसोलेसनमै मृत्यु

नेपालगञ्ज – बर्दियामा एक जनाको होम आइसोलेसनमै मृत्यु भएको छ ।
राजापुर नगरपालिका वडा नं. ४ का ५५ वर्षीय पुरुषको आज विहान होम आइसोलेसनमै मृत्यु भएको बर्दियाका कोभिड फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । बैशाख २१ गते भेरी अस्पताल, नेपालगञ्जमा भर्ना भएका उनी डिस्चार्ज भएर गएका थिए । उनको बैशाख २७ गते राजापुरमै एन्टिजेन जाँच गरिएको थियो । विरामीको विहान ४.३० बजे घरमै मृत्यु भएको छ ।
बर्दियाका थप दुई जनाको नेपालगञ्जस्थित आर्मी अस्पतालमा मृत्यु भएको छ । बाँसगढी नगरपालिकाका ४२ वर्षीया महिला र ठाकुरबाबा नगरपालिका वडा नं. ३ का ४५ वर्षीय पुरुषको आर्मी अस्पतालमा मृत्यु भएको हो ।
कञ्चनपुर जिल्ला पुनर्बासका ६१ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख २७ गते पीसीआर गरेका उनलाई त्यही दिन भर्ना गरिएको थियो । राती उनको मृत्यु भएको छ ।
योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउदा मृत्यु हुनेको संख्या एक सय ५१ जना पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !