एक सय ४३ जना संक्रमित थपिए

नेपालगञ्ज – बाँकेमा थप एक सय ४३ जना संक्रमित पुष्टि भएको छ । यो तीन वटा ल्यावको विवरण हो । भेरी अस्पताल, नेपालगञ्जले आज नै दिउँसो ३ सय ८३ जना थपिएको विवरण सार्वजनिक गरिसकेको छ ।
भेरी अस्पताल, कोहलपुर मेडिकल कलेज, बागेश्वरी ल्याब र जमुनाहा नाकाले आज सार्वजनिक गरेको नयाँ संक्रमितको संख्या जोड्दा संख्या ५ सय २६ पुगेको छ ।
मेडिकल कलेज कोहलपुरले ९६ जनाको पीसीआर जाँच गर्दा ५७ जना, बागेश्वरी ल्याबले एक सय ३३ जनाको जाँच गर्दा ७९ जना र जमुनाहा नाकामा ५३ जनाको जाँच गर्दा ७ जनामा कोरोना पुष्टि भएको हो । भेरी अस्पतालमा ४ सय ७६ को जाँच गर्दा ३ सय ८३ जनामा कोरोना पुष्टि भएको थियो । थपिएका ५ सय २६ मध्येमा बाँकेका ४ सय १४ जना छन् ।
भेरी अस्पतालमा २ सय १२, मेडिकल कलेज कोहलपुरमा ४६, होटल ह्वाइट हाउसमा ४३ र कोहलपुर कोभिड अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । दुई हजार ६ सय ७५ जना होम आइसोलेसनमा रहेका छन् । जिल्लामा एक सय ६ जना सिकिस्त विरामी छन् भने ८ जना भेन्टिलेटरमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !