बाँकेमा ३ सय २ जना थपिए

नेपालगञ्ज – बाँकेमा शुक्रबार तीन सय २ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल, नेपालगञ्जमा २ सय ६९ जनाको पीसीआर जाँच गरिएकोमा २ सय ५० जनामा कोरोना पुष्टि भएको छ । पीसीआर जाँच गरिएकोमध्ये ९३ प्रतिशतलाई कोरोना देखिएको छ ।
नेपालगञ्ज मेडिकल कलेजमा गरिएको परीक्षणमा ५२ जनालाई कोरोना पुष्टि भएको छ । मेडिकल कलेजमा एक सय तीन जनाको पीसीआर जाँच गर्दा ५२ जनालाई कोरोना देखिएको हो । यो पोजिटिभ पीसीआर जाँच गरिएकोमा ५० प्रतिशत हुन आउँछ ।
बाँकेमा बागेश्वरी ल्यावले पनि कोरोना परीक्षण गर्दछ । त्यसको रिपोर्ट अझै आइसकेको छैन । बाँकेमा दैनिक नै तीन सय संक्रमित थप भइरहेका छन् । दैनिक ठूलो संख्यामा संक्रमित थपिदा राख्ने ठाउँको अभाव खट्किएको छ ।


error: यो सुविधा उपलब्ध छैन !