उद्धार सामाग्री हस्तान्तरण
नेपालगञ्ज – जिल्ला विपद व्यवस्थापन समिति, बाँकेले सुरक्षा निकाय तथा दमकल सेवालाई खोज तथा उद्दार सामाग्री हस्तान्तरण गरेको छ ।
विपद् उद्धारका वेला माननीय तथा भौतिक क्षति न्यूनीकरण तथा सुरक्षा निकायमा हुने खोज तथा उद्धार सामाग्रीको कमी पुरा गर्न सामाग्री वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्वाङले वताउनु भयो ।
विपद्को वेला अग्ररुपमा खटिने सुरक्षा निकाय खोज तथा उद्धार सामाग्रीको अभावले विपद् प्रतिकार्य प्रभावित हुने गरेकोले जिल्ला विपद् व्यवस्थापन समितिले करिव १८ लाख ५० हजार वरावरको सामग्री हस्तान्तरण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कुरुम्वाडले शसस्त्र प्रहरी वल ३० नम्बर गणलाई ३७ प्रकारको, भैरव प्रसाद गणलाई ३२ प्रकारको र जिल्ला प्रहरी कार्यालय बाँकेलाई ३० प्रकारका खोज तथा उद्धार सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर उपमहानगरपालिको दमकल सेवालाई १÷१ थान एलमुलियम फायर सुट उपलव्ध गराइएको छ ।