कर्णाली र प्रदेश १ बराबर, बागमतिको उजुरी

नेपालगञ्ज – नेपालगञ्जमा चलिरहेको एन्फा प्रेसिडेन्ट लिग फुटबलमा कर्णाली र प्रदेश नं. १ ले बराबरी खेलेका छन् ।
पहिलो खेलमा पराजित भएका यी दुई टोलीले एक÷एक गोलको बराबरी खेल्दै एक÷एक अंक जोडेका छन् ।
खेलको ३८ मिनेटमा प्रशान्त अवस्थीले गोल गरेर प्रदेश नं. १ लाई अग्रता दिलाएका थिए । कर्णालीले तीन मिनेटमै गोल फर्काएर बराबरी ग¥यो । कर्णालीका लागि भुपेन्द्र शाहीले गोल गरेका थिए ।
पहिलो खेलमा बागमतिसँग ९–१ गोल अन्तरले पराजित भएको कर्णालीले दोस्रो खेलमा राम्रो खेल प्रदर्शन गरेको छ । सुदूरपश्चिमसँग पहिलो खेल २–१ गोलले पराजित भएको प्रदेश नं. १ ले लगातार दबाब बढाएपनि कर्णालीलाई पराजित गर्न सकेन ।
खेलमा कर्णालीका किपर पूजन होना म्यान अफ द म्याच भए ।
रेफ्रीविरुद्ध उजुरी
बागमति प्रदेशले रेफ्रीविरुद्ध उजुरी गरेको छ ।
बिहीबार गण्डकीसँगको खेलमा रेफ्रीको गलत निर्णयका कारण पराजित भएको भन्दै बागमतिले उजुरी गरेको हो ।
बागमतिका क्याप्टेन अमिर श्रेष्ठले रेफ्री प्रकाशनाथ श्रेष्ठ र लाइन्समेन श्याम खड्काबाट धेरै नै गलत निर्णय भएको भन्दै एन्फामा उजुरी गर्नुभयो । एक÷एक गोलको बराबरी रहेको अवस्था बागमतिको डीएरिया बाहिर अनावश्यक फाउल दिएको र त्यसमा गोल हुँदा आफूहरु पछाडी परेको बागमतिको दावी रहेको छ । बागमतिले भिडियोसहितको लिखित उजुरी गरेको छ । त्यो खेलमा बागमति प्रदेश गण्डकीसँग ३–२ गोलले पराजित भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !