प्याब्सनले जित्यो जुमा कप

नेपालगञ्ज – फाल्गुन २७ गतेदेखि नेपालगञ्जमा चलेको धारा दोस्रो जुमा कप बस्तुगत तथा पेशागत फुटबल प्रतियोगिताको उपाधी प्याब्सनले जितेको छ ।
आज विहान भएको फाइनलमा खेलमा बजार प्रतिनिधिलाई १–० गोलले पराजित गर्दै प्याब्सनले उपाधी जितेको हो ।
प्याब्सनका लागि २३ मिनेटमा आशिष गुरुङले गरेको गोल नै निर्णायक भएको थियो । डीएरिया बाहिरबाट गुरुङले हानेको बलले जाली चुमेको थियो ।
उपाधीसँगै प्याब्सनले एक लाख एक हजार पाँच रुपैया पाएको छ । दोस्रो भएको बजार प्रतिनिधिले ५१ हजार रुपैया पाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी बजार प्रतिनिधिका विभुषण केसी, सर्वाधिक गोलकर्ता बैकर्सका जीवराम बम, उत्कृष्ट गोलकिपर बैकर्सका दिनेश चटौत र अनुशासित टीम बार एशोसियन भएका छन् । विधागत उत्कृष्ट खेलाडी र टीमले पाँच हजार पाँच रुपैया पाएका छन् ।
दोस्रो जुमा कपमा १२ वटा टीमको सहभागिता रहेको थियो ।
यसैबीच, फाइनल हुनु अघि पत्रकार र आयोजकका बीचमा मैत्रीपूर्ण म्याच खेलाइएको थियो । त्यसमा आयोजक १–० गोलले विजयी भएको छ । प्रतियोगिताको उद्घाटनमा जनप्रतिनिधि र निजामतिका बीचमा मैत्रीपूर्ण म्याच खेलाइएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !