प्याब्सन फाइनलमा

नेपालगञ्ज – निजी विद्यालयको छाता संगठन (प्याब्सन) धारा दोस्रो जुमा कप बस्तुगत तथा पेशागत फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
कडा प्रतिस्पर्धात्मक खेलमा बैकर्स संघलाई १–० गोलले पराजित गर्दै प्याब्सन फाइनलमा पुगेको हो ।
पेनाल्टी मिस गरेका प्याब्सनका उमेश आलेले दोस्रो हाफमा डीएरिया बाहिर पाएको फ्रिकिकलाई गोलमा परिणत गरेपछि प्याब्सन फाइनलमा पुगेको थियो । प्याब्सनले लगातार दबाबमा राखेपनि गोल गर्न सकेको थिएन ।
आजको दोस्रो सेमिफाइनल खेल सहकारीविरुद्ध बजार प्रतिनिधिका बीचमा हुनेछ । विहान भएको क्वाटरफाइनल खेलमा सहकारीले इन्टरनेटलाई ७–१ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।
सहकारी र बजार प्रतिनिधिको विजेतासँग प्याब्सनले सोमबार विहान फाइनल खेल्ने छ । प्रतियोगिताको विजेतालाई एक लाख दश हजार पाँच सय रुपैया राखिएको छ । दोस्रो हुने टीमले ५१ हजार पाँच सय रुपैया पाउने छन् । विद्यागत पुरस्कार ५ हजार पाँच सय रुपैया राखिएको छ । विद्यागतमा धेरै गोल गर्ने, उत्कृष्ट किपर, उत्कृष्ट खेलाडी र अनुशासित टीमले उक्त पुरस्कार पाउने छन् ।


error: यो सुविधा उपलब्ध छैन !