एसओएस स्वास्थ्य केन्द्रमा निःशुल्क बालरोग शिविर

बर्दिया – एसओएस स्वास्थ्य सेवा केन्द्र, बर्दियामा बिहीबार निःशुल्क बालरोग शिविर गरिएको छ । एसओएस स्वाथ्य केन्द्र बर्दिया तथा लायन्स क्लब अफ नेपालगञ्ज सेन्ट्रल र अलस्का रामारोशन मेडिकल हल नेपालगञ्जको संयुतm पहलमा उक्त स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
बालरोग शिविरमा बाँसगढी नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६ का वडा कार्यालयहरु तथा बढैयाताल गाउँपालिकाको ४ र ५ को आसपासमा रहेका विपन्न परिवारहरु लाभान्वित भएको स्वास्थ्य केन्द्रमा हेल्थ पर्सन राम किशोरले जानकारी दिनुभयो । उहाँका अनुसार, सो स्वास्थ्य केन्द्रमा यसअघि पनि यस किसिमका विशेषज्ञ सेवाहरु निःशुल्क रुपमा प्रदान गर्दै आइरहेकोमा बिहीबार भेरी अस्पतालका बालरोग बिशेषज्ञ डा.विष्णुबहादुर थापाद्वारा बालबालिकाको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नु भएको हो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका एसओएस युवालय नेपालगञ्जका प्रमुख तुलाराम विश्वासले सन् २०२१ मा यस किसिमका निःशुल्क शिविरहरु करीब १० बटा विभिन्न सहयोगी संस्थाहरुसँगको सहकार्यमा गरिने योजना रहेको जानकारी दिनु भयो ।
शिविरबाट ६८ बालबालिकाहरु लाभान्वित भएको जानकारी एसओएस बर्दियाका इञ्चार्ज शिव चौधरीले दिनु भयो । फर्मासिष्ट राकेश प्रधानाङ्गले बालबालिकाहरुलाई ३५ हजार बाराबरको औषधी निःशुल्क वितरण गरिएको बताउनु भयोे । सो शिविरमा ल्याब टेष्ट पनि एसओएस स्वास्थ्य केन्द्रले निःशुल्क उपलब्ध गराएको ल्याब टेक्निसियन दिपबहादुर थापाले जानकारी दिनुभयोे ।
शिविरको औषधी खर्चमा केहि रकम लायन्स क्लब अफ नेपालगञ्जले व्यहोरेको थियो भने अन्य सबै खर्च एसओएस स्वास्थ्य केन्द्रले गरेको एसओएस स्वास्थ्य केन्द्र तथा परिवार सवलीकरण कार्यक्रम तथा शिविरका संयोजक शिवकुमार चौधरीले बताउनु भयोे । चिकित्सक परामर्श सेवा अलस्का रामारोशन मेडिकल हलका सञ्चालक सन्तोष शाहको संयोजकत्वमा भएको थियो ।
शिविरमा एसओएस स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मचारीहरु राकेश भतm प्रधानाङ्ग, राम किशोर थारु, दिप बहादुर थापा, प्रकाश शाहीले सहयोग गर्नु भएको थियो ।
सो अवसरमा डा. थापाले एसओएस जस्तो संस्थासँग मिलेर आफूले पनि निःशुल्क परामर्श सेवा दिन पाएकोमा खुशी व्यतm गर्नु भयो भने अलस्का रामारोशन क्लिनिकका सञ्चालक सन्तोष शाह तथा लायन्स क्लब अफ नेपालगन्जका अध्यक्ष माधव पोखरेल, सचिव अनन्तराम अर्याल, कोषाध्यक्ष सीमा विश्वास, पूर्व अध्यक्ष सन्तोष पौडेल र सदस्य लक्ष्मी पोखरेलको पनि उपस्थिति रहको थियो ।


error: यो सुविधा उपलब्ध छैन !