हरदेवबक्स चौधरीलाई २१ लाख धरौटी माग
नेपालगञ्ज – सहकारी वित्तीय विकास संस्था लिमिटेड, नेपालगञ्जका अध्यक्ष हरदेवबक्स चौधरीलाई २१ लाख धरौटी माग गरिएको छ ।
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले अध्यक्ष चौधरीलाई २१ लाख रुपैया धरौटीमा छोड्ने आदेश गरेको हो ।
सहकारीमा करोडौको रकम हिनामिना भएपछि अध्यक्षलगायत सञ्चालक र उच्च पदस्थ कर्मचारीविरुद्ध मुद्दा परेको छ । अध्यक्ष चौधरीलाई धरौटीमा छाड्न आदेश गरेको अदालतले गंगाधर सुवेदी, अरुण पाठक र बलराम यादवको हकमा जिल्लाकै आदेशलाई निरन्तरता दिएको छ ।
सहकारीमा शेरधनीको तर्फबाट समिति बनाएर माघ १७ गते विशेष साधारण सभा बोलाइएको छ ।