केन्द्रीय सदस्य भए, भार, रोकाय र ढकाल
नेपालगञ्ज – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले ५ सय ५६ जना केन्द्रीय सदस्य थपेका छन् ।
थपसँगै नेकपाको कार्यसमिति एक हजार एक सय ९९ सदस्यीय भएको छ । यसअघि चार सय ४६ जना केन्द्रीय सदस्य थिए ।
केन्द्रीय सदस्य थप्दा बाँकेबाट तीन जना परेका छन् । देवराज भार, नन्दलाल रोकाय र शान्ति ढकाल केन्द्रीय सदस्यमा परेका छन् ।
ओली समूहले २०७८ मंसीर २ देखि ७ गतेसम्म पार्टीको महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कमिटिमा राखेको छ । यसअघि नेकपाको महाधिवेशन गर्ने समय यही चैत्रमा तोकिएको थियो ।