यौन शोषणबिरुद्ध विद्यार्थीलाई सचेतना

बर्दिया – माइती नेपाल, बर्दियाको आयोजनामा गुललिया नगरपालिका वडा नं. ६ मा रहेको महाकवि देबकोटा माविमा ब्यबसायिक यौन शोषणबिरुद्ध सचेतना कार्यक्रम गरिएको छ ।
कक्षा ८, ९, १० र १२ का २० जना छात्रा र तीन जना छात्रलाई बालबालिकामाथी हुने ब्यबसायिक यौन शोषणबिरुद्ध अभिमुखी कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक र शिक्षिकाको उपस्थिति रहेको थियो ।
कार्यक्रमले आफूलाई सचेत रहन प्रेरणा मिलेको र आफूले सिकेका कुराहरु साथी, घर परिवार र समाजमा बताउने कक्षा १० की छात्रा जमुना बुढाले बताउनुभयो ।
प्राधानाध्यापक च्यामुलाल चौधरीले विद्यालय स्तरमा छात्रा÷छात्रलाई ब्यबहारीक बिषयका कार्यक्रमहरु अति आबश्यक रहेको भन्दै समय समयमा यस्ता कार्यक्रमहरु ल्याउनु पर्ने बताउनु भयो ।
सहभागीहरुलाई उक्त बिषयसँग सम्बन्धित भिडियो समेत देखाइएको थियो । पछिल्लो समयमा बालबालिकाहरु माथी ब्यबसायिक यौन शोषणको घट्नाहरुमा बिभिन्न्न किसिमका चुनौतीहरु आएको हुनाले यस्तो कार्यक्रम गरिएको माइती नेपाल, बर्दियाका संयोजक गायत्री रिमालले बताउनुभयो ।
उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई ज्ञान सम्बन्धी प्रश्नावली सोधेर उत्कृष्ट, प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कार वितरण गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !