जुर्मुराउदै हिन्दु राष्ट्रवादी

नेपालगञ्ज – प्रमुख राजनीतिक दलहरुमा देखिएको सत्ताको लडाई र झगडाले गर्दा राजसंस्था पक्षधरहरु सल्बलाउन थालेका छन् ।
गणतन्त्र स्थापनापछिको निरन्तरको किँचलोले गर्दा आम जनताले हिन्दु राष्ट्र र राजसंस्थाप्रति झुकाव राख्न थालेको संकेत गरेको छ ।
हिन्दु राष्ट्रवादीहरुले शनिबार नेपालगञ्जमा आयोजना गरेको मोटरसाइकल ¥यालीलाई त्यही रुपमा विश्लेषण गरिएको छ ।
‘राजसंस्था जिन्दावाद, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, हिन्दु राष्ट्र कायम गर, राजा ल्याऊ, देश बचाऊ’ जस्ता नारा लगाउदै ठूलो संख्यामा मोटरसाइकलमा रहेका व्यक्तिहरुले नेपालगञ्ज बजार परिक्रमा गरेका छन् ।
नेपालगञ्ज बागेश्वरी मन्दिर परिसरबाट निस्केको ¥याली शहीद सेतु विकचोक, पुष्पलालचोक, वीरेन्द्रचोक, वीपीचोक, गणेशमानचोक, त्रिभुवनचोक हुँदै बागेश्वरी मन्दिर भएर ¥याली वीरेन्द्रचोकमा आएर कोण सभा गरिएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर एवं राप्रपाका नेता डा. धवलशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्था फिर्ता ल्याउनका लागि बलिदानी दिन तयार रहनु पर्ने बताउनुभयो ।
नेपालगञ्जमा मात्रै होइन, हिन्दुवादीहरुले केही दिनयता देशभर नै ¥याली, जुलुश निकालेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !