भेरीको परीक्षणमा ४१ जनामा कोरोना

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा ४१ जनामा कोरोना पुष्टि भएको छ ।
अस्पतालले एक सय ५२ जनाको स्वाव परीक्षण गरेकोमा ४१ जनामा कोरोना पुष्टि भएको जानारी दिएको छ ।
कोरोना देखिएका व्यक्तिहरु बाँके र बर्दिया जिल्लाका छन् । बाँकेमा तीन ठाउँबाट कोरोना परीक्षण भइरहेको छ । भेरी, कोहलपुर मेडिकल कलेज र बागेश्वरी ल्याबबाट कोरोना परीक्षण भइरहदा दैनिकजसो नै संक्रमित बढिरहेका छन् ।
शुरुवाती चरणमा कोरोना देखिदा हल्लीखल्ली भएपनि अहिले त्यस्तो छैन । तर, कोरोना संक्रमित दैनिक नै देखा परिरहेको छ । भेरी अस्पतालले हालसम्म ४७ हजार एक सय ८६ वटा नमूना परीक्षण गरिसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !