होम आइसोलेसनबाट डिस्चार्ज
नेपालगञ्ज – होम आइसोलेसनमा बसेका तीनसहित ६ जना डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले कोहलपुरका दुई जना र राप्तीसोनारीका एकजना होम आइसोलेसनबाट डिस्चार्ज भएको जानकारी दिनुभयो । उनीहरु कोहलपुर नगरपालिका वडा नं. ८ र राप्तीसोनारी गाउँपालिका वडा नं. ६ हुन् ।
कोरोनाबाट मुक्त भएका अन्य तीन जना कोहलपुर मेडिकल कलेज र होटल सिटी प्यालेसमा बसेका थिए ।
यी ६ जनालाई कात्तिक १० गते कोरोना पुष्टि भएको थियो । जिल्लामा अहिलेसम्म दुई हजार नौ सय ७९ जना डिस्चार्ज भइसकेका छन् । २ सय ७४ जना आइसोलेसनमा रहेका छन् । यीमध्ये अधिकांश होम आइसोलेसनमा रहेका छन् ।