५३ जना संक्रमित थपिए

नेपालगञ्ज – शनिबार ५३ जनामा कोरोना देखिएको छ ।
भेरी अस्पताल, नेपालगञ्जमा मात्रै गरिएको परीक्षणमा दुई वर्षीया बालिकासहित ५३ जनामा कोरोना देखिएको हो ।
अस्पतालका अनुसार, एक सय ७२ जनाको स्वाव परीक्षण गरिएको थियो । त्यसमा बाँके, बर्दियालगायत जिल्लाका ५३ जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।
जिल्लामा दैनिक नै कोरोना संक्रमित थपिरहेका छन् । भेरीका अलावा मेडिकल कलेज र बागेश्वरी ल्याबबाट पनि कोरोना परीक्षण हुने गर्दछ ।


error: यो सुविधा उपलब्ध छैन !