३० जनामा कोरोना पुष्टि

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा शुक्रबार ३० जनामा कोरोना पुष्टि भएको छ ।
विभिन्न ठाउँबाट संकलन गरिएको स्वावको परीक्षण गर्दा ३० जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार, एक सय २१ जनाको स्वाव परीक्षण गर्दा ३० जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरु बाँके, बर्दियालगायतका जिल्लाका रहेका छन् ।
जिल्लामा तीन ठाउँबाट कोरोना जाँच हुँदै आएको छ । मेडिकल कलेज र बागेश्वरी ल्यावले आज रिपोर्ट बाहिर ल्याइसकेका छैनन् ।


error: यो सुविधा उपलब्ध छैन !