दुई सय ९८ जना आइसोलेसनमा

नेपालगञ्ज – कोरोना पुष्टि भएका ३४ जना बिहीबार डिस्चार्ज भएका छन् । उनीहरुले पनि दशैको टीका लगाउन पाएका छन् । दशैंको टीका पूर्णिमासम्म लगाउने गरिन्छ ।
कात्तिक ३ गते कोरोना पुष्टि भएपछि विभिन्न आइसोलेसनमा बसेका उनीहरु डिस्चार्ज भएका छन् । आज डिस्चार्ज भएका अधिकांश होम आइसोलेसनमा थिए ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले अहिलेसम्म दुई हजार सात सय १२ जना डिस्चार्ज भएको जानकारी दिनुभयो । कोरोना पुष्टि भएपछि दश दिन नपुगेका दुई सय ९८ जना रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !